Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारमा एनआरएनलाई लगानी गर्ने सहज अवस्था तुल्याउन राष्ट्र बैंकले गर्नुपर्ने ४ काम

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १५ : ५५ मा प्रकाशित

पूँजी बजारमा एनआरएनलाई लगानी गर्ने सहज अवस्था तुल्याउन राष्ट्र बैंकले गर्नुपर्ने ४ काम

एनआरएनलाई पूँजी बजारमा लगानी गर्ने सहज अवस्था तुल्याउन नेपाल राष्ट्र बैंकले विशेषगरी ४ काम गर्नुपर्ने अध्ययन समितिले सुझाव दिएकाे छ ।पूँजी बजारमा एनआरएनलाई भित्र्याउन गठन गरिएकाे अध्ययन समितिले धितोपत्र बोर्डलाई प्रतिवेदन बुझाउँदै यस्ताे सुझाव दिएकाे हाे । 

एनआरएनलाई सेयर बजारमा भित्र्याउने प्रतिवेदन : कानुन संशोधन गर्न सुझाव (पूर्णपाठ)

बोर्डको गत चैत १९ गतेको सञ्चालक समितिको निर्णय अनुसार सेबोनमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेकाे थियाे । उक्त समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।

गैर आवासीय नेपालीले धितोपत्र बजारमा लगानी गर्न सक्ने अवस्थालाई सहज तुल्याउन नेपाल राष्ट्र बैंकबाट हुनसक्ने सहजिकरणका उपायहरु :

१. गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्नका लागि सहजीकरण गरिदिन संरक्षक सदस्य बैंकले (Custodian Member Bank) को व्यवस्था गर्न सकिने गरी नीतिगतरुपमा नै व्यवस्था गर्नुपर्ने।

२. गैर आवासीय नेपालीले धितोपत्रमा लगानी गर्ने प्रयोजनका लागि तोकिएको संरक्षक सदस्य बैंकमा गैर आवासीय नेपालीले अलग्गै बैंक खाता खोल्ने सक्ने व्यवस्था गरिदिने ।

३. गैर आवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुनेगरी छुट्टै निर्देशन / नियमन, कार्यविधि जारी गर्ने ।

४. गैर आवासीय नेपालीले संरक्षक सदस्य बैंक (Custodian Member Bank) मा विदेशी मुद्रा खाता Foreign Currency Account) खोल्ने र रेमिटयान्स मार्फत विदेशी मुद्रा जम्मा गर्न सक्ने, सदस्य बैंकहरुले गैर आवासीय नेपालीहरुलाई उक्त विदेशी मुद्रा खातामा रहने कुल मौज्दातलाई सुरक्षणको रुपमा राखी सोको प्रचलित विनियमय दरले हुने रकमको बढीमा ९०% सम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्न सक्ने र गैर आवासीय नेपालीहरुले सो नेपाली मुद्रामा लिएको कर्जा रकमबाट धितोपत्रको दोस्रो वजारमा कारोबार गर्न सक्ने, सदस्य बैंकबाट लिएको कर्जाको राफसाफ गरेपश्चात् रेमिटयान्स मार्फत ल्याएको जति रकम वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात चाहेको बखतमा विप्रेषण गर्न सक्ने गरी आवश्यक व्यवस्था तोकिदिन सक्ने । यसबाट गैर आवसीय नेपालीलाई नेपाली धितोपत्र बजारमा लगानीको लागि आकर्षित गर्न सकिने र जसका माध्यमबाट विदेशी मुद्रा नेपाल भित्र्याउन तथा धितोपत्र बजार मार्फत पूँजी निर्माण तथा परिचालन गर्न सहज भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक योगदान पुग्न सक्ने देखिन्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको