Like us!
Follow us!
Connect us!
Watch us!

माईखोला हाइड्रोले शतप्रतिशत हकप्रद प्रस्तावसहित डाकेको साधारण सभा किन भयो स्थगित ?

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, ११ : २५ मा प्रकाशित

माईखोला हाइड्रोले शतप्रतिशत हकप्रद प्रस्तावसहित डाकेको साधारण सभा किन भयो स्थगित ?

माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ । कम्पनीले यसअघि भदौ १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा असोज ९ गते, मंगलबार लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ९ बजेदेखि सुरू गर्ने भनेकाे थियाे ।

प्राविधिक कारणले उल्लेखित मितिमा वार्षिक साधारण सभा गर्न सम्भव नदेखिएकोले सञ्चालक समितिको भदाै २२ गतेको बैठकको निर्णयानुसार उक्त सूचनालाई रद्द गर्ने र उल्लेखित मितिको वार्षिक साधारण सभा अर्को निर्णय भई सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले सभामा १:१ काे अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै थियाे ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको