धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (जेठ २ गते, मंगलबार) माई खोला हाईड्रोपावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा माई खोला हाईड्रोकाे पहिलाे काराेबार प्रतिकित्ता ३३५ रुपैयाँमा भएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १११ रुपैयाँ ६७ पैसादेखि अधिकतम ३३५ रुपैयाँ १ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKHL सिम्बाेल प्राप्त गरेकाे छ ।
सोमबार कम्पनीकाे ३९ लाख २१ हजार ५ सय ६८ कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस