Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा गज्जबकाे बाउन्स ब्याक, नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १५ : ३५ मा प्रकाशित

सेयर बजारमा गज्जबकाे बाउन्स ब्याक, नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेकाे छ । नेप्से २.२८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.७३ अंकले बढेर ३८१.६४ विन्दुमा पुगेकाे छ । 

कूल २७८ वटा कम्पनीकाे ४७ लाख ४२ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

त्यसैगरी, साेमबार साल्ट ट्रेडिङ कर्पाेरेशनकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड २५ लाख ५२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज थ्री स्टार हाइड्राेपावरकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७८ रूपैयाँ पुगेकाे छ ।

यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ काे सेयरमूल्य ७.४३ प्रतिशतले घटेर ७ रूपैयाँ ९७ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको