नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित MDRT Global Conference मा सहभागिता जनाएका छन्।
विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT ले आफ्नो Global Conference सिंगापुरमा भव्यताका साथ सम्पन्न गरेको हो। २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७,५०० जनाको उपस्थिति थियो।
नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले सहभागिता जनाएका थिए।
उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफूलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए।
यस्तो एक्सपोजरले व्यक्तित्व विकासका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए र कम्पनीले धेरैभन्दा धेरै अभिकर्तालाई MDRT बन्न उत्प्रेरणा प्रदान गरिरहेको जानकारी गराए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस