Like us!
Follow us!
Connect us!
Watch us!

सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, ११ : २९ मा प्रकाशित

सुवास नेम्वाङलाई राजकीय सम्मान दिइने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने घाेषणा समेत सरकारले गरेकाे छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनकाे निधनपछि आजै बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो ।

बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनकाे शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएकाे छ ।

त्यसैगरी, नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको