Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो सेयर बजार, ट्रनओभरमा एसबीआई बैंक अब्बल

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १५ : १४ मा प्रकाशित

दोहोरो अंकले घट्यो सेयर बजार, ट्रनओभरमा एसबीआई बैंक अब्बल

हिजाे सकारात्मक माहाेल देखिएकाे बजारमा आज फेरि दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेकाे छ । नेप्से ०.९७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.५० अंकले घटेर ३७९.१४ विन्दुमा झरेकाे छ । 

कूल २७६ वटा कम्पनीकाे ३९ लाख १६ हजार एक सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५ सय १५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सूचक घटेको छ । सामूहिक लगानी काेष अर्थात् म्यूचुअल फण्ड समूह भने ०.०४ प्रतिशतले बढेकाे हाे । 

त्यसैगरी, मंगलबार नेपाल एसबीआई बैंकको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड ५६ लाख १८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज शुभम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय १४ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

यस दिन थ्री स्टार हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ४० रूपैयाँ २० पैसामा झरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको