Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा देखियाे सकारात्मक माहाेल

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा देखियाे सकारात्मक माहाेल

हिजाे केही करेक्सनपछि आज (बुधबार) फेरि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि हिजाेकाे तुलनामा बढेकाे छ । यता सबै समूहहरूमा हरियाली देखिएर बजार २ हजारकाे विन्दुमा पुग्दा लगानीकर्ता पनि उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेकाे छ । नेप्से २ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेकाे छ । 

कूल २७५ वटा कम्पनीकाे ५१ लाख ४४ हजार ७ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सूचक बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह र त्यसपश्चात् फाइनान्स समूह बढेकाे छ ।

त्यसैगरी, बुधबार एनआईसी एशिया बैंककाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड ९३ लाख २५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बरूण हाइड्राेपावर र शुभम पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन थ्री स्टार हाइड्राेपावरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८ प्रतिशतले घटेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको