Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार रातभरि चट्याङ्ग सहित हल्का वर्षा भएको काठमाडौँमा बिहिबार कस्तो मौसम रहला?

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, ०८ : ३८ मा प्रकाशित

बुधबार रातभरि चट्याङ्ग सहित हल्का वर्षा भएको काठमाडौँमा बिहिबार कस्तो मौसम रहला?

बिहीबार राति पनि कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको  महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरू लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको