Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार ९ अर्ब ४ करोड रुपैयाँ विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

अर्थ संसार

विहीबार, २८ भदौ २०८०, १७ : ४३ मा प्रकाशित

आइतबार ९ अर्ब ४ करोड रुपैयाँ  विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैङ्कले ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ’ट’ बिक्री गर्न लागेको हो।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ७ अर्ब ६८ करोड ६० लाख रुपैयाँ छुटाइएको छ र अप्रतिस्पर्धीको लागि १५ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड ६० लाख छुटाइएको छ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैङ्क तथा वित्तीय संस्था,गैर बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ।

इच्छुक लगानीकर्ताले भदौ २९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिलिङ सफ्टवेयर मार्फत बोलपत्र पेस गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही भदौ ३१ गते निष्कासन हुनेछ भने २०८६ भदौ ३१ गते साँवा भुक्तानी हुनेछ।

विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको