Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैङ्क

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १४ : १६ मा प्रकाशित

३ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैङ्क

नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने भएको छ भने १३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ। 

राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ९३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ भने ३६४ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः पुस ३ गते, चैत १२ गते र २०८१ असोज १ गते परिपक्व हुनेछन्।

केन्द्रीय बैंकले असोज १ गते ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो भने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।  यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको