Like us!
Follow us!
Connect us!
Watch us!

असोज अन्तिम साता राजधानीमा दोस्रो हिमालयन इन्टरनेशनल  एक्स्पो हुँदै , स्टल बुकिङ खुला

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, ०३ : १२ मा प्रकाशित

असोज अन्तिम साता राजधानीमा दोस्रो हिमालयन इन्टरनेशनल  एक्स्पो हुँदै , स्टल बुकिङ खुला

स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ “दोस्रो हिमालयन इन्टरनेशनल  एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका  संयोजक कपिल अधिकारीले बताए ।  

यसै गरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको  सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताएका छन्।

यसका साथै पस्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइपहरू, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट,  गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठुला उद्योगहरूबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू जस्तै होटेल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स,  धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप० प्रदर्शनीका आकर्षणका रूपमा रहने आयोजक पक्षले जनाएको छ।

इन्टरनेशनल एक्स्पोमा पाँच सय जना भन्दा बढी विदेशी क्रेताहरू (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशहरूबाट) को आगमन हुने भएको छ । यस्तै प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरूलाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिस्ट्रेसन गरी प्रदर्शनी स्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपियाँको अनलाइन सपिङ भौचर उपलब्ध गराइने भएको छ । 

सो भौचरमार्फत अवलोकनकर्ताले इन्टरनेशनल  एक्स्पोस्थलमा रहेका स्टलहरूमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका  संयोजक अधिकारीले बताएका छन् । अर्नसिक्का नामक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजिटल कारोबारमा साझेदारी गर्न लागिएको छ ।

नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ एक्स्पोस्थल  लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन ईच्छुक सबैमा स्टल बुकिङ खुल्ला गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको