Like us!
Follow us!
Connect us!
Watch us!

चुनावमा न्याय नपाएसम्म जाँदैनौं - सुदन गुरुङ

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, १६ : १० मा प्रकाशित

चुनावमा न्याय नपाएसम्म जाँदैनौं  - सुदन गुरुङ

जेनजीका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने स्पष्ट पारेका छन्। बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू ०८४ सालको निर्वाचन ०८२ मा सार्न मात्र आन्दोलनमा नउत्रिएको बताएका हुन् ।

गुरुङले आफ्ना मागहरू पूरा नभएसम्म निर्वाचनमा सहभागी नहुने घोषणा गर्दै शहीद र घाइतेका मागहरू पनि सम्बोधन हुनुपर्ने माग गरे। सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेन जी आन्दोलनले न्याय पाउनुपर्ने माग उनको थियो ।

‘हामी चुनावमा जाँदैनौं । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो,’ उनले भने, ‘अहिले आएर चुनावमा जान्छौं, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौं ? हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’

उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको