सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो।
बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस