Like us!
Follow us!
Connect us!
Watch us!

अखाद्यान्न  मिठाई बेच्ने टिपटपलाई महानगरले तिरायो २ लाख जरिवाना

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १३ : ४४ मा प्रकाशित

अखाद्यान्न  मिठाई बेच्ने टिपटपलाई महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले टिपटप  मिठाई पसललाई नगद दुई लाख रुपैयाँ जरिवाना तिराएको छ। 

सोमबार महानगरले काठमाडौँ महानगरपालिका-१६ नगल स्थित टिपटप मिठाई पसललाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार अनुसार उक्त मिठाई पसलले अपखाद्यान्न मिठाई बेचेको गुनासो आएको थियो । उक्त गुनासो आएसँग महानगरले उक्त स्थलमा पुगेर प्रत्यक्ष अवलोकन गरेको हो । 

हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो, सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएपछि हामीले कारबाहीको दायरामा ल्याएका हौ पाण्डेले भने ।  

दुई लाख रुपैयाँ जरिवाना सहित आगामी दिनमा मिठाई बनाउँदा सरसफाइमा ध्यान दिन र खान योग्य नभएका मिठाई नबेच्न समेत सचेत गराइएको पाण्डेको भनाई छ बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको