नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ८०० रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३६० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस