Like us!
Follow us!
Connect us!
Watch us!

अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन माघमा, सङ्गठनले नाम फेर्ने तयारी

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १५ : ३७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रीय समिति बैठकले २३औँ राष्ट्रिय सम्मेलन आगामी माघमा गर्ने निर्णय गरेको छ ।

अखिल (क्रान्तिकारी) ले आज (मङ्गलवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णय सार्वजनिक गरेको हो । राष्ट्रिय सम्मेलन आगामी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने बताइएको छ ।

अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको नारा ‘राष्ट्रिय स्वाधीनता र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन १ समाजवाद र समाजवादी शिक्षाका लागि २३ औँ राष्ट्रिय सम्मेलन ११’ रहेको छ । राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरू गठन गर्दै अखिल (क्रान्तिकारीले वर्तमान केन्द्रीय समितिलाई २३औँ राष्ट्रिय सम्मेलन आयोजक समितिमा परिणत गरेको छ ।

राष्ट्रिय सम्मेलन विशेष उपसमितिहरूमा विधान तथा प्रतिवेदन लेखन, आर्थिक, व्यवस्थापन, संस्कृति तथा कला, अतिथि व्यवस्थापन, प्रचारप्रसार, विद्यार्थी परिचालन तथा संयम सेवक, स्वास्थ्य तथा आपत्कालीन उद्धार रहेका छन् । ती उपसमितिका प्रमुख र सदस्यहरूसमेत टुङ्गो लागिसकेको छ ।

केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले २३ औँ राष्ट्रिय सम्मेलनवाट संगठनको नाम परिवर्तन गर्ने र यसबारे सुझाव सङ्कलन गर्ने निर्णय पनि गरेको छ । माओवादीको विद्यार्थी सङ्गठनसँग नाम जुद्दा नराम्रो कामको अपजस लिनुपरेको र आफूहरूले गरेको राम्रो कामको जस माओवादीको सङ्गठनले लिएकाले नाम फेर्न लागिएको नरेन्द्र सिले बताए ।

शिक्षा विधेयक संविधानले कल्पना गरेको समाजवाद उन्मुख देश र अनिवार्य तथा निः शुल्क शिक्षाको हकका विरुद्धमा रहेको भन्दै अखिल (क्रान्तिकारी) ले देशव्यापी सङ्घर्ष गर्ने निर्णय गरेको छ । शिक्षा विधेयकबारे अखिल (क्रान्तिकारी) ले आगामी असोज ७ गते काठमाडौँमा वृहत् अन्तरक्रिया गर्ने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको