Like us!
Follow us!
Connect us!
Watch us!

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट भारततर्फ प्रस्थान

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, ०८ : २२ मा प्रकाशित

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट भारततर्फ प्रस्थान

नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजीपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । यस बहुप्रतीक्षित इभेन्ट २०२३ सेप्टेम्बर २४ मा बुद्ध सर्किट नोएडामा हुने तय गरिएको छ ।

राइडर्स टोलीले सेप्टेम्बर २३ र २४ मा रेसको अनुभव लिनेछ र सेप्टेम्बर २७ मा उही बाटो भएर काठमाडौं फर्किनेछ ।

रेसिङ गतिविधिहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवर्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ । आफ्नो उद्देश्यअनुरूप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिबिम्बित गर्ने धेरै इभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धनसमेत गरेको छ ।

यस रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरूलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरी जीवनभरका लागि अविष्मरणीय अनुभव प्राप्त गर्नका लागि आह्वान गरेको थियो ।

यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ । छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेका छन् ।

मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरूसहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनसिपमध्ये एक हो । रेसिङको दुनियाँमा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैं अग्रभागमा रहँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको