Like us!
Follow us!
Connect us!
Watch us!

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले विद्यार्थीलाई अवलोकन भ्रमण गराउने

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, १७ : ३० मा प्रकाशित

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेप्सेले विद्यार्थीलाई अवलोकन भ्रमण गराउने

विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी अवलोकन भ्रमण पनि गराउने भएको छ ।

दोस्रो बजारमा हुने कारोबार सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले नेप्सेले अन्तरक्रिया तथा अवलोकन भ्रमण गराउँदै आएको छ । यस वर्ष पनि असोज १७ गते देखि हुने वर्ल्ड इन्भेस्टर वीक २०२३ अन्तर्गत उक्त किसिमको पहिलो कार्यक्रम गर्न लागिएको नेप्सेले एक सूचनामार्फत जानकारी दिएको छ ।

कार्यक्रममा भाग लिई विद्यार्थीलाई अवलोकन गराउन इच्छुक कलेजले स्नातक तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु समावेश गर्ने गरी यही असोज १२ गते भित्र निवेदन दिनुपर्ने नेप्सेले जनाएको छ । भाग लिनका लागि सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क नम्बरसहित [email protected] मा निवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको