Like us!
Follow us!
Connect us!
Watch us!

च्याटजिपिटीसँग अब सुन्ने, देख्ने र बोल्ने क्षमता पनि

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, ०८ : २४ मा प्रकाशित

च्याटजिपिटीसँग अब सुन्ने, देख्ने र बोल्ने क्षमता पनि

ओपनएआई कम्पनीको निकै प्रख्यात च्याटबोट च्याटजिपिटी अब बोल्न, सुन्न र देख्न पनि सक्ने भएको छ । सोमबार कम्पनीले अब च्याटजिपिटी प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्नसक्ने घोषणा गरेको हो ।

च्याटजिपिटीको यस फिचर प्रयोग गरी प्रयोगकर्ताले अर्को मानवसँग जस्तै गरी कुराकानी गर्न सक्नेछन् । यस्तो फिचर अमेजनको एलेक्सा र एप्पलको सिरीले यस अघि नै प्रदान गर्दै आएका छन् । च्याटजिपिटीले पाँच कलाकारसँग सहकार्य गरि पाँच विभिन्न आवाज तयार गरेको छ । लेखिएको टेक्स्ट र केही सेकेन्डको आवाजको नमुना प्रयोग गरि सोही व्यक्तिको जस्तै आवाज निकाल्ने क्षमताको टेक्स्ट टु स्पीच मोडेल प्रयोग गरि यो क्षमता विकास गरिएको ओपनएआईले जनाएको छ ।

यसैगरी अब च्याटजिपिटीले देखाइएको तस्वीर हेरेर त्यसबारे प्रतिक्रिया समेत दिन सक्ने जनाइएको छ । उदाहरणका लागि फ्रीजमा रहेको सामान देखाएर च्याटजिपिटीलाई खानाको लागि के बनाउने भने सोध्दा बोटले विभिन्न सम्भाव्य परिकारको जानकारी दिनेछ ।

यी नयाँ क्षमताहरु प्रयोग गर्न भने पैसा तिरेका च्याटजिपिटी प्लसका ग्राहक तथा इन्टरप्राइज ग्राहकले मात्र पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको