Like us!
Follow us!
Connect us!
Watch us!

विद्यालयको कक्षाकोठामा प्रवेश गर्ने तरिका खोज्दै च्याटजिपिटी

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, १२ : २१ मा प्रकाशित

विद्यालयको कक्षाकोठामा प्रवेश गर्ने तरिका खोज्दै च्याटजिपिटी

ओपनएआई कम्पनीको चमत्कारिक एआई प्रविधि च्याटजिपिटीलाई विद्यालयका कक्षाकोठामा कसरी प्रवेश गराउने भन्ने बारेमा कम्पनीले उपायहरु खोजी गर्न थालेको छ ।

कम्पनीले प्रविधिलाई शैक्षिक उपयोगका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारे उपायहरु खोजी गर्न एउटा टोली नै गठन गर्न लागेको हो । ओपनएआईले खान एकेडेमी तथा स्मिट फ्युचर जस्ता शैक्षिक समूहसँग विभिन्न किसिमका सहकार्य गरिसकेको छ । खान एकेडेमीसँग मिलेर कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स बाट चल्ने शिक्षक अर्थात एआई ट्युटर बनाइसकेको छ भने स्मिट फ्युचरसँगको सहकार्यमा विपन्न वर्गका समुदायलाई शैक्षिक अनुदान प्रदान गरेको छ ।

कम्पनीका प्रवक्ताका अनुसार अब ओपनएआईले कक्षाकोठामै प्रविधिलाई सिकाईसँग जोड्ने उपायहरु खोजी गर्न लागेको हो । शिक्षकहरुलाई च्याटजिपिटीको क्षमताबारे जानकारी दिई उनीहरुसँग मिलेर इन्जिनको क्षमता अभिवृद्धि गर्न कम्पनी प्रयासरत रहेको पनि कम्पनीले जनाएको छ ।

शैक्षिक बजार सन् २०३० सम्म १० ट्रिलियन डलर भन्दा ठूलो व्यवसाय बन्ने प्रक्षेपण छ । विश्वभर शिक्षा, तालिम लगायत सिकाईका क्षेत्रमा हुने गरेको खर्बौको खर्च देखेर प्रविधि क्षेत्रका कम्पनीहरु पनि शैक्षिक क्षेत्रमा हात हाल्न लालायित बनेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको