Like us!
Follow us!
Connect us!
Watch us!

के हो अहिले सर्वत्र चर्चा बटुलिरहेको च्याट जिपिटी ?

धिरज पौड्याल

सोमबार, २५ पुस २०७९, ११ : १६ मा प्रकाशित

के हो अहिले सर्वत्र चर्चा बटुलिरहेको च्याट जिपिटी ?

अहीले च्याट जिपिटी सूचना प्रविधिमा रुची राख्नेहरूको लागि चासोको विषय बनेको छ । सर्च इन्जिन (जस्तै गुगल, माइक्रोसफ्ट विङ) जसमा हामीले विभिन्न कुराहरु इन्टरनेटमा खोज्नको लागि प्रयोग गर्ने गर्छौ। हामीले गर्ने खोजमा विभिन्न माध्यमहरुमा प्रकाशित लेखको लिंक मात्र प्राप्त गर्ने गर्दछौ, हाम्रा जिज्ञासा हरु पूरा गर्न लेख पढ्नु पर्ने हुन्छ। 

पछिल्लो केही महिना यता च्याट जिपिटी परिष्कृत भई आयो। हामीले गर्ने खोजमा हामीले प्रकाशित लेख भन्दा पनि च्याट जिपिटी मा हामीले गरेका जिज्ञासा उत्तर त्यही आउछ जसका कारण यो छोटो समयमा नै लोकप्रिय बन्न पुग्यो।

च्याट जिपिटीले जिज्ञासाको उत्तर दिने गर्छ ।

च्याट जिपिटीलाई नेपालबारे सोध्दा 

गुगल सर्च इन्जिनमा नेपालबारे सोध्दा

पछिल्लाे समय च्याट जिपिटी लाई सर्च इन्जिनको विकल्पको रूपमा लिन थालिएको छ। च्याट जिपिटीले अहिले रहेका सर्च इन्जिनलाई विस्थापन गर्ने चर्चा चुलिएको छ। गुगलमा प्रश्न गर्दा गुगलले नतिजामा हजारौं लिंक उपलब्ध गराउने गर्दछ तर च्याट जिपिटीले सटीक उत्तर दिन सक्ने हुँदा यसकाे चर्चा चुलिँदै गएको हो। च्याट जिपिटी ले कविता, लेख, किताब आफैँ लेख्ने गर्दछ भने मानवले जस्तै कोड गर्न सक्ने हुँदा यसलाई लिंक मात्र देखाउने सर्च इन्जिनको विकल्पको रुपमा हेरिन थालिएको हो। 

च्याट जिपिटी एआई आधारित छ। यो लार्ज ल्याङ्वेज मोडेल (LLM) मा आधारित रहेको छ जसलाई जेनेरेटिभ प्री ट्रेनड ट्रान्सर्फमर (GPT-3.5) भनिन्छ। यो मानव मैत्री नतिजाको लागि ट्रेन्ड रहन्छ। च्याट जिपिटी हजारौं शब्दको डाटासेट बाट मानव मैत्री जवाफ दिने गर्दा विभिन्न व्यक्तिहरू यसबाट प्रभाबित भएका छन्। अहिले चलेका सर्च इन्जिनले वेब क्रलमा आधारित जिज्ञासा अनुरूपको नतिजा दिने गर्दछन्। 

सर्च इन्जिनको शीर्ष अङ्कमा कुनै जानकारी ल्याउन त्येसलाई सर्च इन्जिन अप्टीमाईजेसन (SEO) को आधारमा गर्न सकिन्छ। वेबपेज र्याङक अल्गोरिदमको आधारमा हुने हुँदा जानकारी हेरफेर गर्न सकिन्छ र श्रोतमा हुने विज्ञापनले जानकरी दायाँ बायाँ गर्न सकिन्छ र प्रयोगकर्ता मैत्री नतिजा दिने नसक्दा सर्च इन्जिनको विकल्पको चर्चा चलिरहेको छ। 

हाल भने च्याट जिपिटी परीक्षणको चरणमा रहेको छ, यस्मा वर्तमान जानकारीको कमी छ । यसमा २०२१ को अन्त्यसम्मको जानकारी मात्र अद्यावधिक गरिएको छ। ओपन एआईका अनुसार यो ईन्टरनेट सँग जोडिएको छैन, कुनै कुनै कुरा बढी दोहोर्याई फरक ढंगले प्रस्तुत गर्ने गर्दछ भने कहिले काँही निरार्थ उत्तर दिने पनि गर्दछ। यसले सूचनाको स्रोत दिने गर्दैन र कुनै तथ्य जाँच्ने संयन्त्र नभएको हुँदा विश्वसनीयतको प्रश्न भने रहन्छ। 

च्याट जिपिटी चर्चमा रहे जस्तै सर्च इन्जिनको प्रतिस्थापन होला भन्ने हालसालै देखिँदैन। यसको जानकारी राम्रो सँग टेन्ड भएपछि मात्र सही जानकरी प्राप्त हुन्छ। रिपोर्टका अनुसार यसको जानकरी अद्यावधिक गर्न मासिक ३ मिलियन डलर आवश्यक रहन्छ। माइक्रोसफ्ट च्याट जिपिटीको  सहकार्यमा AI powered सर्च इन्जिनको लागि इच्छुक रहेको सञ्चार माध्यममा उल्लेख गरिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको