Like us!
Follow us!
Connect us!
Watch us!

च्याटजिपिटी चलाउन अब खाता नचाहिने

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १४ : २७ मा प्रकाशित

च्याटजिपिटी चलाउन अब खाता नचाहिने

एआईलाई अझ धेरै मानिसको पहुँचमा पुर्याउने उद्देश्यका साथ च्याटजिपिटीले अब बिना खाता नै सेवा लिन सकिने बनाएको छ ।

एकाउन्ट खोल्नै पर्ने बाध्यता हटाउँदा अझ धेरै मानिसले ओपनएआईको च्याटबोट प्रयोग गर्ने कम्पनीको अपेक्षा रहेको जनाइएको छ । हाल हरेक हप्तामा एक सय ८५ देशका १० करोड भन्दा बढी मानिसले च्याटजिपिटी चलाउने गरेको कम्पनीको दाबी छ । एकाउन्ट नखोली च्याटजिपिटी चलाउने सुविधा बिस्तारै विश्वभर लागू गरिदै गरेको हुँदा अहिले नै उक्त सुविधा नपाइहाल्न पनि सकिने जनाइएको छ ।

च्याटजिपिटीले प्रयोगकर्तासँग गरिएको संवादलाई रेकर्ड गरेर उक्त संवादलाई समेत आधार बनाई जवाफ दिनेगर्दछ । तर एकाउन्ट नबनाई च्याटजिपिटीसँग संवाद गर्दा त्यस्तो संवाद भने रेकर्ड हुँदैन । ओपनएआईले अब कन्टेन्ट फिल्टरिङका लागि विभिन्न किसिमका प्रम्प्ट ब्लक गर्ने पनि जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको