Like us!
Follow us!
Connect us!
Watch us!

पक्राउ परेका नायक अनमोल केसी नर्भिक अस्पताल भर्ना

अर्थ संसार

शनिबार, १३ असोज २०८०, ०८ : ०६ मा प्रकाशित

पक्राउ परेका नायक अनमोल केसी नर्भिक अस्पताल भर्ना

पक्राउ परेका नायक अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । आपराधिक विस्वासघातको आरोपमा हिजो (शुक्रबार) दिउँसो साँगाबाट पक्राऊ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका छन्। 

आर्थिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसीलाई प्रहरीले हिरासतमा लिएको थियो। '‘रावायण’ फिल्मका निर्माता सुप्रिया कटुवालले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाख, बानेश्वरमा  उजुरी दिएकी थिइन् । 

अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । १० लाख एड्भान्स लिएर पनि ‘रावायण’  सुटिङ सुरु गर्ने बेलामा अनमोलले आलटाल गरेपछि निर्मातासँग विवाद बढेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको