Like us!
Follow us!
Connect us!
Watch us!

अनमोलको ‘जेरी अन टप’ मा आँचलको इन्ट्री

अर्थ संसार

शनिबार, २६ जेठ २०८१, १९ : ३४ मा प्रकाशित

अनमोलको ‘जेरी अन टप’ मा आँचलको इन्ट्री

फिल्म ‘फर्की फर्की’ को सफलतापछि अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’ को तयारीमा जुटिसकेका छन् ।

यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ ।

फिल्मका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै आँचलको फिल्ममा इन्ट्री भएको घोषणा गरेका हुन् । उनले नाम उल्लेख नगरेपनि आँचलको तस्बीरसहितको स्ट्याटसबाट यो जानकारी दिएका छन् । 

आँचलका आगामी दिनमा पिताम्बर’, ‘रानीमहल’, ‘दुःखी आत्मा’ जस्ता फिल्म आउदै छन् । 

सन् २०१४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’को दोस्रो सिरिजको रुपमा निर्माण हुन लागेको यस फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गरिने बताइएको छ । फिल्मलाई आउदो तिहारमा प्रदर्शन गरिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको