Like us!
Follow us!
Connect us!
Watch us!

हामी ‘ग्राउण्ड डिमाण्ड’ को निस्कर्ष नजिक छौं,१२ करोडलाई बजारले चलाउन माग गरेको छ : राष्ट्र बैंक

लोकेन्द्र ढकाल

सोमबार, १५ असोज २०८०, १७ : ४१ मा प्रकाशित

हामी ‘ग्राउण्ड डिमाण्ड’ को निस्कर्ष नजिक छौं,१२ करोडलाई बजारले चलाउन माग गरेको छ : राष्ट्र बैंक

सेयर धितो कर्जामा लाग्दै आएको अधिकतम १२ करोडको सिमालाई चलाउन नेपाल राष्ट्र बैंक निस्कर्ष नजिक पुगेको छ । नियमन तथा अनुसन्धान विभागको अध्ययनले १२ करोडको सिमालाई चलाउन ग्राउण्डबाटै डिमाण्ड क्रेट भएको निष्कर्ष नजिक राष्ट्र बैंक पुगेको हो । स्रोतका अनुसार करिब करिब असोज महिना भित्र नै यसलाई सम्बोधन गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक रहेको स्रोत बताउँछ ।

राष्ट्र बैंकको अध्ययन अनुसन्धानकाक्रममा अर्थतन्त्रलाई चलाएमान गराउन तथा सेयर बजारका लगानीकर्तामा आत्मविश्वास दिलाउन सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सिमालाई चलाउन सबैतिरवाट नै माग सृजना भएको राष्ट्र बैंक स्रोतले अर्थ संसारलाई बतायो । स्रोत भन्छ, ‘हामी अध्ययन अनुसन्धानको अन्तिम निष्कर्ष नजिक छौ, छिट्टै यसमा निर्णय लिन्छौ ।’ 

राष्ट्र बैंक स्रोत अनुसार असोज महिना भित्रमा राष्ट्र बैंकले मौद्रिक नीतिको एकिकृत निर्दैशिका जारी गर्दैछ । मौद्रिक नीतिमा आएका सम्पूर्ण निर्दैशन÷व्यवस्थाहरुलाई मेनेजमेन्ट (एमएन) गरेर राष्ट्र बैंकले एकिकृत निर्दैशिका जारी गर्ने गर्दछ । राष्ट्र बैंक स्रोत भन्छ, मौद्रिक नीतिमा आएका व्यवस्थाहरुलाई विभिन्न परिपत्र मार्फत एड्रेस गर्दै बिच विचमा सर्कुलर जारी भएका हुन्छन् र ती परिपत्रहरुलाई संगाल्ने र आवश्यक थप संशोधनसहित एकिकृत निर्दैशिका प्रकाशन गरिन्छ । एकिकृत निर्दैशिका सामान्यतयः मौद्रिक नीति आएको ३ महिना भित्र आउने गर्दछ । स्रोतका अनुसार सेयर धितो कर्जाको १२ करोडको सिमालाई पनि राष्ट्र बैंकले एकिकृत निर्दैशिका मार्फत सम्बोधन गर्नै तयारी गरेको छ ।

सेयर बजारलाई सुस्त रहेको अर्थतन्त्र चलाएमान गराउने मुभमेन्टको मुख्य सूचकको रुपमा लिइन्छ । अहिले बैंकमा तरलता प्रसस्त रहेतापनि बजारमा माग बढ्न सकेको छैन् । चाडवार्डको मुखमा पनि वस्तु तथा सेवाको माग बजारमा निक्के कम छ । अपेक्षित रुपमा बस्तु तथा सेवाको आयात भएको छैन । लगानीको सुनिश्चिकता प्रति आम लगानीकर्ताको सेन्टिमेन्ट गिरेको छ । आत्मविश्वास नहँुदा बजारमा माग घटेको बताइन्छ । त्यसैले सेयर बजार मार्फत अर्थतन्त्रलाई मुभमेन्ट गराउनु पर्ने माग सर्वत्र छाएको छ । यसले राष्ट्र बैंकलाई पनि अध्ययन अनुसन्धान गर्न बाध्य गराएको जानकारहरु बताउँछन् । र राष्ट्र बैक पनि अहिले यसको अन्तिम निस्कर्ष नजिक पुगेको स्रोत बताउँछ ।

नेपालको सेयर बजारलाई नियन्त्रण गर्न राष्ट्र बैंकले दुई बर्ष अघि सेयर धितो कर्जामा ४÷१२ को सिमा लगाएको थियो । गत वर्षको मौद्रिक नीतिमा ४ लाई हटाएर १२ करोडसम्म सेयर धितो कर्जा लिन पाउने गरि नीति संशोधन ग¥यो । अहिले सेयर धितो कर्जाको एभरेज जोखिम भार १५० प्रतिशत पु¥याइएको छ । ५० लाखसम्मको सेयर धितो कर्जामा चाँलु आर्थिक वर्षको मौद्रिक नीतिमा एभरेज जोखिम भार १ सय ५० वाट घटाएर सय प्रतिशत बनाइएको थियो । तर पनि राष्ट्र बैंकको नीति नै कारण सेयर बजार माथि जान नसकेको आरोप राष्ट्र बैंकलाई लाग्दै आएको छ । 

सेयर बजारका बादशाह समेत भनेन चिनिने एक ठूला लगानीकर्ता निर्मल प्रधानले सेयर धितो कर्जाको १२ करोडको सिमा नहटेसम्म एक÷दुई÷तीन नेपालको सेयर बजार माथि जान नसक्ने ठोकुवा गर्छन् । अर्का ठूला लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अम्विका प्रसाद पौडेलले नियमन निकायहरुले लिएका पूँजीबजार प्रतिकूल नीतिका कारण सेयर बजार माथि जान नसकेको बताउँछन् । नेउवा महासंघका कर तथा राजस्व विभागमा सभापति समेत रहेका पौडेल भन्छन्, बजेट आएपछि सेयर बजार कसरी झ¥यो, त्यो हेर्नुस ? अनि मौद्रिक नीति आएपछि कसरी झ¥यो त्यो हेनुर्स ? लगानीकर्ता पौडेल नीतिमा सुधार हुने वित्तिकै सेयर बजार पनि सुधार हुने र अर्थतन्त्रले पनि मुभमेन्ट्स लिने दाबि गर्छन । 

अर्का अग्रज लगानीकर्ता तथा बजारका जानकार उपेन्द्र पाठकले सेयर बजार माथि जान नसक्नुमा अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्ड बरावर जिम्मेवार रहेको बताउँछन् । लगानीकर्ता पाठकले बजेट मार्फत आएको अर्थ विधेयकको २६, २७ तथा २९ नं बुँदाको करको भूतप्रभावि नीति, राष्ट्र बैंकको १२ करोडको नीति एवम् सेयर कर्जामा एक सय ५० प्रतिशतको रिक्स वेटेज नै मुख्य कारण रहेको बताए । लगानीकर्ता पाठकले धितोपत्र बोर्डले कमसल कम्पनीका आईपिओ तथा हदप्रद सेयर निस्काशन सम्वन्धि ग्रैह जिम्मेवारीपूर्ण धेरै अनुमति प्रदान गरेका कारण पनि बजार बढ्न नसकेको बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको