Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५३ करोडले घट्यो कारोबार

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १५ : ११ मा प्रकाशित

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५३ करोडले घट्यो कारोबार

मङ्गलबार सेयरबजारमा १७.५६ अङ्कको गिरावट आउँदा कारोबार रकममा पनि भारी गिरावट आएको छ ।

सोमबार सामान्य सुधार आउँदै ५.१९ अङ्कले बढेको सेयर बजार मङ्गलबार फेरि १७.५६ अङ्कले घटेर १९५८.७२ अङ्कमा बन्द भएको हो । अघिल्लो दिन कुल १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम उल्लेख्य रुपमा घटेर एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ घलेम्दी हाइड्रो, समता लघुवित्त, हिमालयन लघुवित्त र आशा लघुवित्त कम्पनी रहे । ती कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेतर्फ हिमालयन उर्जा हाइड्रो, रिभरफल्स हाइड्रो, सामुदायिक लघुवित्त र सिवाईसी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार ट्रेडिङ उपसूचक सर्वाधिक १.४७ प्रतिशतले घट्दा हाइड्रो १.३८ प्रतिशत र फाइनान्स सबइन्डेक्स १.२७ प्रतिशतले घटे । आज कुनै पनि उपसूचक हरियो भने हुन सकेन । आज सर्वाधिक कारोबार हुने सेक्टरतर्फ कमर्शियल बैंक रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको