Like us!
Follow us!
Connect us!
Watch us!

सूदुरपश्चिमका जिल्ला केन्द्रविन्दु पारेर ५.७ रेक्टर स्केलको भूकम्प

अर्थ संसार

मंगलबार, १६ असोज २०८०, १५ : ३६ मा प्रकाशित

सूदुरपश्चिमका जिल्ला केन्द्रविन्दु पारेर ५.७ रेक्टर स्केलको भूकम्प

सूदुरपश्चिमको बझाङ, डोटी लगायतका जिल्ला केन्द्रविन्दु पारेर ५.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

मङ्गलबार अपरान्ह ३ बजेर ८ मिनेट जाँदा डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का पोखरादेखि काठमाडौंसम्मै महसुस गरिएको थियो । उक्त भूकम्प अघि बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ४.९ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । लगातार पराकम्पहरु जाँदा त्यहाँका स्थानीय घरबाट बाहिर निस्किएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको