Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अवितरित हकप्रदको लिलामी बिक्री खुला

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १० : ०२ मा प्रकाशित

अपि पावरको अवितरित हकप्रदको लिलामी बिक्री खुला

अपि पावर कम्पनीले बिक्रि नभएका हकप्रदका बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले आज अर्थात असोज १७ देखि लिलामीमा खुलाएको छ। 

कम्पनीले ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले असोज २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यस हकप्रदको लिलाममा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ। कम्पनीले जारी गरेको १०: ४ अनुपात अर्थात १० सेयर बराबर ४ सेयर भर्न पाउने हकप्रद सेयरमा रीतपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ सेयरधनी आवेदकलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। 

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता साउन ३१ गते देखि भदौ १९ गतेसम्म सेयर निष्काशन गरेको थियो। 

इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायण चौर नक्कसाल काठमाडौं, मुक्तिनाथ विकास बैंकका सवै लिमिटेडका शाखा कार्यालयहरु ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाँगलुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको