Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार नेप्से परिसूचकमा सामान्य वृद्धि

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १५ : १९ मा प्रकाशित

बुधबार नेप्से परिसूचकमा सामान्य वृद्धि

बुधबार सेयरबजारमा ९.२४ अङ्कको सामान्य वृद्धि आउँदा कारोबार रकममा सामान्य गिरावट आएको छ ।

मङ्गलबार १७.५६ अङ्कले घटेको सेयरबजारमा आज सुधार देखिदै ९.२४ अङ्कले बढेर १९६७.९७ अङ्कमा बन्द भएको हो । अघिल्लो दिन कुल एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ घलेम्दी हाइड्रो, समता लघुवित्त, हिमालयन लघुवित्त र आशा लघुवित्त कम्पनी रहे । ती कम्पनीहरुको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक कमाउनेतर्फ मध्य भोटेकोशी हाइड्रो, बुद्ध भुमि हाइड्रो र इन्फिनिटी लघुवित्त र रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । आज धेरै गुमाउनेतर्फ समता लघुवित्त र हिमालयन लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार होटेल उपसूचक सर्वाधिक १.५२ प्रतिशतले बढ्दा हाइड्रो १.३७ प्रतिशत र फाइनान्स सबइन्डेक्स १.०४ प्रतिशतले बढे । सबै उपसूचक बढे पनि आज बैंकिङ उपसूचक भने हरियो हुन सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको