Like us!
Follow us!
Connect us!
Watch us!

डिभी २०२५ को आवेदन आज राति देखि खुल्दै

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १९ : ०२ मा प्रकाशित

डिभी २०२५ को आवेदन आज राति देखि खुल्दै

अमेरिकाको डाइभर्सिफाइड भिसा २०२५ कार्यक्रमका आज राति ९:४५ बजे देखि आवेदन खुल्ने भएको छ ।

इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार अक्टोबर ४ को १२:०० बजेदेखि डिभी खुलेर नोभेम्बर ७ को १२:०० बजे नै बन्द हुनेछ । इस्टर्न टाइमभन्दा नेपाली स्ट्यान्डर्ड टाइम ९ घण्टा ४५ मिनेट छिटो भएको हुँदा आज राति ९:४५ बजे देखि आवेदन खुल्दैछ । डिभीका लागि जोकोहीले निशुल्क अनलाइन आवेदन दिन सक्दछन् ।

डिभीको नतिजा २०२४ को मे मा प्रकाशित गरिनेछ भने छनोट भएकाहरुले सेप्टेम्बर ३० सम्म आप्रवासी भिसाका लागि आवेदन दिएर भिसा प्राप्त गरिसक्नुपर्नेछ । डिभीमार्फत हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । सन् २०२३मा तीन हजार ८ सय ८ नेपालीलाई डिभी चिट्ठा परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको