Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट विश्वकप क्रिकेट, पहिलो खेलमा इङ्गल्यान्ड र न्युजिल्यान्ड भिड्दै

अर्थ संसार

विहीबार, १८ असोज २०८०, ०७ : ४४ मा प्रकाशित

आजबाट विश्वकप क्रिकेट, पहिलो खेलमा इङ्गल्यान्ड र न्युजिल्यान्ड भिड्दै

आजबाट भारतमा एकदिवसीय विश्वकप शुरु हुने भएको छ ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा आज पहिलो खेलमा अघिल्लो फाइनलका प्रतिस्पर्धी इङ्गल्यान्ड र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे शुरु हुनेछ । ३९ दिनसम्म चल्ने प्रतियोगितामा १० देश सामेल रहेका छन् । प्रतियोगिता लिग तथा नकआउट फर्म्याटमा खेलिनेछ जहाँ लिगमा सबै टिम एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र अन्त्यमा लिगका शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । ४८ खेल खेलिने यस प्रतियोगिता भारतका दस रंगशालाहरुमा खेलाइनेछ ।

प्रतियोगिताको लिग चरण नोभेम्बर १२ सम्म खेलिनेछ भने सेमिफाइनल १५ र १६ नोभेम्बरमा हुनेछ । फाइनल खेल नोभेम्बर १९ मा पहिलो खेल खेलिएको नरेन्द्र मोदी रंगशालामै आयोजना हुनेछ । यस संस्करणमा सहभागी टोलीहरुमा अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका र दक्षिण अफ्रिका रहेका छन् ।

यसपटक दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज भने प्रतियोगितामा छनोट हुन असफल रहेको थियो । आयोजक भारत घरेलु भुमिमा विश्वकप जितेर आफ्नो तेस्रो विश्वकप भित्र्याउन प्रयासरत हुनेछ भने अस्ट्रेलिया छैटौं उपाधि जित्न लालायित रहनेछ । यी बाहेक हालसम्म पाकिस्तान, श्रीलंका, र इङ्गल्यान्ड एक-एक पटक विश्वकप उपाधि चुमेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको