Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाले जित्यो टस, पहिले बलिङ गर्दै

अर्थ संसार

आइतबार, ०३ मंसिर २०८०, १३ : ५२ मा प्रकाशित

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाले जित्यो टस, पहिले बलिङ गर्दै

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाले टस जित्दै फिल्डिङको निर्णय गरेको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलिया विरुद्ध भारतबीच खेल शुरु हुँदैछ । ५ पटक विश्वविजेता भइसकेको अस्ट्रेलियाले २ पटक विश्वकप जितिसकेको भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । फाइनलमा भारत र अस्ट्रेलियाले सेमिफाइनल जितेको टोलीमा कुनै परिवर्तन गरेका छैनन् । 

जारी विश्वकपमा भारतले अहिलेसम्म एक खेल पनि हारेको छैन भने अस्ट्रेलियाले अघिल्ला दुई खेल हारेपनि त्यसपछि लगातार आठ खेल जितेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको