Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, ११ : ४९ मा प्रकाशित

विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् ।

कोलकाताको इडेन गार्डेनमा मध्यान्ह २:१५ देखि हुने खेलमा लिग चरणमा दोस्रो र तेस्रो स्थानमा रहेका दुई टोली भिड्न लागेका हुन् । लिग चरणमा भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई एक सय ३४ रनको विशाल अन्तरले पराजित गरेको थियो । लिगमा अस्ट्रेलियाले त्यसबाहेक आयोजक भारतसँग मात्रै हार बेहोरेको थियो भने दक्षिण अफ्रिका पनि भारत र नेदरल्यान्डसँग हारेको थियो ।

आजको खेल जित्दै अस्ट्रेलिया छैठौं विश्वकप उपाधि जित्ने लक्ष्यमा हुनेछ भने दक्षिण अफ्रिका आफ्नो पहिलो विश्वकप उपाधिको खोजीमा हुनेछ । खेलको विजेताले फाइनलमा आयोजक भारतसँग नै प्रतिस्पर्धा गर्नेछ । भारतले बुधबार भएको खेलमा न्युजिल्यान्डलाई गराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको