Like us!
Follow us!
Connect us!
Watch us!

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, ०६ : ११ मा प्रकाशित

आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले जित्यो विश्वकप उपाधि

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आयोजक भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलियाले छैटौं विश्वकप उपाधि चुमेको छ । आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा एक लाख भन्दा बढी घरेलु दर्शक माझ अस्ट्रेलियाले टस जित्दै बलिङको निर्णय गरेको थियो ।

अस्ट्रेलियन कप्तान प्याट कमिन्सले गरेको बलिङको निर्णयलाई उत्कृष्ट सावित गर्दै टोलीले ब्याटिङ हेभी भारतीय टोलीलाई निर्धारित ५० ओभरमा २ सय ४० रनमै सीमित गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ग्लेन म्याक्सवेलको बलमा आउट हुनुपूर्व आक्रामक ४७ रन बनाए पनि अन्य ब्याट्सम्यानले सोही किसिमको प्रदर्शन देखाउन सकेनन् । स्टार ब्याट्सम्यान विराट कोहलीले ५४ र केएल राहुलले ६६ रन बनाए पनि निकै कम स्ट्राइक रेटमा रन बनाउँदा टोली ठूलो स्कोर बनाउन चुकेको थियो । अस्ट्रेलियाका लागि कप्तान कमिन्सले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ३४ रन खर्चंदै २ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट हासिल गरे । जोस हेजलवुडले पनि २ विकेट लिँदा म्याक्सवेल र जाम्पाले एक-एक विकेट हात पारे । 

प्रतिउत्तरमा ४३ ओभरमै अस्ट्रेलियाले ४ विकेटको क्षतिमा दुई सय ४० रनको लक्ष्य पूरा गर्यो । अस्ट्रेलियाको शुरूवात भने राम्रो रहेन । भारतले अस्ट्रेलियन इनिङको दोस्रो ओभरमै विकेट चट्कायो । मोहम्मद शामीले अस्ट्रेलियन ओपनर मोहम्मद शामीलाई व्यक्तिगत सात रनमा कोहलीको हातबाट क्याचआउट गराए भने पाँचौ ओभरमा मिचेल मार्सलाई जसप्रित बुम्राहले आउट गरे । सातौँ ओभरमा स्टिभेन स्मिथलाई बुम्राहले एलबीडब्लू धरापमा पारेपछि खेल भारततर्फ ढल्किएको थियो । तर त्यसपछि आएका ट्राभिस हेडले शतकीय पारी खेलेपछि घरेलु समर्थक माझ विश्वकप उपाधि जित्ने भारतको सपना सपनामै सीमित बन्न पुग्यो । हेडले एक सय २० बलमा एक सय ३७ रनको शानदार पारी खेले भने उनलाई साथ दिँदै मार्नुस लाबुसेनले पनि अविजित ५८ रनको अर्धशतकीय पारी खेले ।

शतकीय योगदान दिने ट्राभिस हेड खेलमा प्लेयर अफ दि म्याच पनि बने । भारतका विराट कोहली प्लेयर अफ दि टुर्नामेन्ट बने । प्रतियोगितामा एक खेल पनि नहारी फाइनलमा पुगेको भारत अन्तिम खुड्किलो भने पार लगाउन नसक्दा उपविजेतामा सीमित भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको