Like us!
Follow us!
Connect us!
Watch us!

बझाङ भूकम्प पीडितलाई राहत दिन तथा पुनर्स्थापना गर्न छलफल

अर्थ संसार

विहीबार, १८ असोज २०८०, ०९ : १३ मा प्रकाशित

बझाङ भूकम्प पीडितलाई राहत दिन तथा पुनर्स्थापना गर्न छलफल

बझाङ भूकम्प पीडितलाई राहत दिन तथा पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका छन् ।

मङ्गलबारको बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा गम्भीर छलफल भएको हो ।

प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई परिषद्ले  निर्देशन दिएको छ ।

प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी लिनुपर्ने जनाइएको छ । सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिने बैठकले निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको