Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार नेप्से परिसूचकमा गिरावट, कारोबार पनि घट्दै

अर्थ संसार

विहीबार, १८ असोज २०८०, १५ : २२ मा प्रकाशित

बिहीबार नेप्से परिसूचकमा गिरावट, कारोबार पनि घट्दै

बिहीबार सेयरबजारमा ११.०४ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकममा पनि घटेको छ ।

बुधबार ९.२४ अङ्कले बढेको सेयरबजार आज फेरि ११.०४ अङ्कले घटेर १९५६.९२ अङ्कमा बन्द भएको हो । अघिल्लो दिन कुल एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब १० करोड ६५ लाख १९ हजार चार सय १८ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ बाराही हाइड्रो, इस्टर्न हाइड्रो र हिमालयन लघुवित्त कम्पनी रहे । ती कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्य भोटेकोशी हाइड्रो, सिवाईसी लघुवित्त र इन्फिनिटी लघुवित्त र रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

बिहीबार म्युचुअल फन्ड उपसूचक ०.२४ प्रतिशतले बढ्दा अन्य सबै उपसूचकहरु घटे । आज होटल एन्ड टुरिजम उपसूचक सबैभन्दा धेरै १.१७ प्रतिशतले घट्दा म्यानुफ्याक्चरिङ उपसूचक ०.९३ प्रतिशत र हाइड्रो उपसूचक ०.८४ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको