अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हाल शतप्रतिशत हकप्रद खुला रहेको छ। कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद जारी गरेको छ । अर्थात १०० रुपैयाँ अङ्कित १० करोड ५९ लाख कित्ताको लागि आवेदन खुलाएको हो।
सिडिएससीको तथ्यांक
सिडिएससीको तथ्यांक अनुसार अहिले सम्म हालसम्म २ करोड ७३ लाख ७७ हजार ४ सय ४८ कित्ताका लागि आवेदन परेको छ। जस अनुसार केबल २५.८५ प्रतिशत भरिएको देखिन्छ।
सिडिएससीको तथ्यांकमा अपर तामाकोशीका संस्थापकको आवेदन जोडिएको छैन
सिडिएससीको तथ्यांकमा जति आवेदन देखिन्छ, त्यसमा संस्थापक सेयरधनीको आवेदन जोडिएको देखिदैन। कम्पनीका ५१ प्रतिशत सेयरधनीको ५१ % माग अनुसार ५करोड ४० हजार कित्तालाई यस अघि नै सेयर बाडफाड भैसकेको छ। कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले हकप्रद सेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन्। हकप्रदका लागि विद्युत प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले रु ६३ करोड ५४ लाख र नागरिक लगानी कोषले २१ करोड १८ लाख र राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन्।
आखिर कति प्रतिशत पर्यो त आवेदन ?
सिडिएससीको तथ्यांक अनुसार अहिले सम्म हालसम्म २ करोड ७३ लाख ७७ हजार ४ सय ४८ कित्ताका लागि आवेदन परेको देखिन्छ। तेस्तै संस्थापक मार्फत ५१ प्रतिशत सेयरधनीको ५१ % माग अनुसार ५ करोड ४० हजार कित्तालाई यस अघि नै आवेदन परिसकेको छ। यो बाहेक फिजिकल मार्फत २२ लाख,२७ हजार,४५६ कित्ता आवेदन दिएको कम्पनीले जनाएको छ। अर्थात कम्पनीको सेयरमा हालसम्म ८ करोड ३६ लाख १३ हजार ९०४ कित्ताको लागि आवेदन परेको देखिन्छ। जुन माग अनुसार ७८.९५ प्रतिशत आवेदन परेको देखिन्छ।
हकप्रदका बारेमा
क-कसले भर्न पाउँछन् ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि साउन २६ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।
कहिलेसम्म भर्न पाइन्छ ?
भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेको मितिलाई असोज २२ सम्म थप गरिएको हो।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र नागरिक लगानी काेषलाई नियुक्त गरेकाे छ ।
कहाँबाट दिने आवेदन ?
कम्पनीकाे हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा नागरिक लगानी काेषकाे कार्यालय र अपर तामाकाेशीकाे रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस