Like us!
Follow us!
Connect us!
Watch us!

यो साता सर्वाधिक कारोबार भएका शीर्ष चार कम्पनीमध्ये तीन नयाँ जारी भएका आइपिओ

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, १५ : १९ मा प्रकाशित

यो साता सर्वाधिक कारोबार भएका शीर्ष चार कम्पनीमध्ये तीन नयाँ जारी भएका आइपिओ

लगातार आइपिओ जारी भइरहँदा पछिल्लो समय सेयरबजारको कारोबारको ठूलो हिस्सा नयाँ जारी भएका आइपिओतिरै जान थालेको छ ।

यस साता पनि उच्च कारोबार भएका शीर्ष चार कम्पनीमध्ये तीन कम्पनी नयाँ जारी भएका आइपिओबाटै रहेका छन् । यो साता सर्वाधिक कारोबार भएको कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स परेको छ । भर्खरै आइपिओ निष्कासन गरेको उक्त कम्पनीको ४४ करोड ५९ लाख ९० हजार दुई सय ६४ रुपैयाँ बराबरको नौ लाख ८५ हजार नौ सय ५३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सर्वाधिक कारोबारको दोस्रो स्थानमा भने एनआइसी एसिया बैंक परेको छ । ३० प्रतिशत लाभांशको लागि यसै साता बुक क्लोज गरेको उक्त कम्पनीको ४१ करोड ६६ लाख ०६ हजार चार सय ४१ रुपैयाँ बराबरको पाँच लाख ९३ हजार चार सय १३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो साता तेस्रो सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यो पनि हालसालै आइपिओ निष्कासन गरेको कम्पनी हो । यो साता उक्त कम्पनीको २१ करोड १५ लाख ५५ हजार पाँच सय नौ रुपैयाँ बराबरको चार लाख ५६ हजार नौ सय ८४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीको चौथो स्थानमा पनि अर्को भर्खरै आइपिओ निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यो साता उक्त कम्पनीको १९ करोड ८ लाख ५५ हजार छ सय २३ रुपैयाँ बराबरको चार लाख आठ हजार सात सय ५८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो साता सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष १० मा शिवम् सिमेण्ट, सोल्टी होटल, नबिल बैंक, एभरेस्ट बैंक, आएमई लाइफ इन्स्योरेन्स र हिमालय डिस्टिलरी क्रमश: पाचौँदेखि दशौँ स्थानसम्म रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको