Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

अर्थ संसार

आइतबार, २१ असोज २०८०, ०९ : ५४ मा प्रकाशित

आरएसडिसी लघुवित्तले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

असोज १९ गते शुक्रबार बसेको कम्पनीको संचालक समितिको बैठकले आ.व. २०७९/८० को लागि संस्थाको चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय रुपैयाँको ९.०५२६% ले हुन आउने रकम सात करोड ८७ लाख १८ हजार ८ सय पाँच रुपैयाँ बराबर हुने लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ । प्रस्तावित लाभांशमध्ये ८.६०% का दरले हुन आउने रकम सात करोड ४७ लाख ८२ हजार ८ सय ६५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गरिने कम्पनीले जनाएको छ ।

यसैगरी कर प्रयोजनार्थ थप ०.४५२ प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष प्रस्ताव गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको जनाइएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई संस्थाको दशौं वार्षिक साधारण सभावाट पारित भएपश्चात प्रचलित ऐन कानून बमोजिमका प्रक्रियाहरु पुरा गरी वितरण गरिने पनि कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको