अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ।
कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ : १ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको हो।
क-कसले भर्न पाउँछन् ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि साउन २६ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।
कहिलेसम्म भर्न पाइन्छ ?
भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेको मितिलाई असोज २२ सम्म थप गरिएको हो।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र नागरिक लगानी काेषलाई नियुक्त गरेकाे छ ।
कहाँबाट दिने आवेदन ?
कम्पनीकाे हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा नागरिक लगानी काेषकाे कार्यालय र अपर तामाकाेशीकाे रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस