Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरबासीलाई निःशुल्क रक्त सेवा उपलब्ध हुने

अर्थ संसार

सोमबार, २२ असोज २०८०, १८ : ५४ मा प्रकाशित

काठमाडौं महानगरबासीलाई निःशुल्क रक्त सेवा उपलब्ध हुने

काठमाडौं महानगरपालिकाले महानगरबासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउने भएको छ ।

महानगरवासीलाई आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव नहोस् भनेर असोज २२ गतेदेखि नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा महानगरले निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने प्रबन्ध मिलाएको हो । अब जुनसुकै अस्पतालमा उपचारत रहँदा पनि रक्त सञ्चार सेवा निशुल्क उपलब्ध हुनेछ ।

उक्त सुविधा लिनका लागि काठमाडौं महानगरवासी भएको प्रमाण खुल्ने कागज जस्तै नागरिकता वा बसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटी,केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध हुनेछ । राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । 

रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट रु २०० सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइने पनि महानगरले जनाएको छ । यसैगरी महानगरले नेपाल रेडक्रस सोसाइटीलाई विना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि प्रति युनिट १३०० रुपैयाँ उपलब्ध गराउनेछ । 

देशभरिका अति विपन्न नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने र सो समेतको खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने गरी प्रवन्ध मिलाइएकोले पनि महानगरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको