Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर: कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने मिति तोकियो

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, ०८ : ४४ मा प्रकाशित

लगानीको अवसर: कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने मिति तोकियो

कुमारी बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा  ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ निष्काशन कात्तिक २ गते देखि गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्य ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको हो।  सर्वसाधारण मध्यमा ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

अन्य जानकारी 

कति दिने आवेदन ?

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण  ५ लाख कित्ताकाका  लागि आवेदन दिन सक्नेछन्। 

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा कार्तिक १२ गते हुनेछ भने ढिलोमा कात्तिक १६ गते हुनेछ।

कहाँबाट दिने आवेदन ?

धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा " मेरो सेयर"प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

को हो बिक्री प्रबन्धक ?

ऋणपत्रको  निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 रेटिङ

 क्रेडिट रेटिङ्गमा  इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

ब्याज कति ?

१०  प्रतिशत

ब्याज भुक्तानी तरिका 

ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको