Like us!
Follow us!
Connect us!
Watch us!

सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार योजना

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, ०९ : ५६ मा प्रकाशित

सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार योजना

नेपालको पूरानो डेरी उद्योग सीताराम गोकुल मिल्क्सले वडादशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ ।

यस योजना अन्तर्गत बम्पर उपहारमा ३ जनाले हाइसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टिभी र वाशिङ मेसिन पाउनेछन् । त्यस्तै अन्य २० जनाले इन्डक्सन चुल्हो, इलेक्ट्रिक हिटर वा इलेक्ट्रिक वाटर हट पट पाउनेछन् । यो योजना दूध बाहेक अन्य दूधजन्य उत्पादनमा मात्र लागू हुनेछ ।

सीताराम गोकुल मिल्क्स काठमाडौंले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरु ग्राहकहरु माझ निरन्तर उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरु ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च गुणस्तरको प्याकेजिका साथ बजारमा उपलब्ध गराएको बताएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको