Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार सम्हालियो सेयरबजार, नयाँ आइपिओहरुको उच्च कारोबार

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १६ : २७ मा प्रकाशित

बुधबार सम्हालियो सेयरबजार, नयाँ आइपिओहरुको उच्च कारोबार

यस साताको शुरुआत देखि नै लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ ।

आइतबार ३५ अङ्क, सोमबार १२.५८ अङ्क तथा मङ्गलबार पनि बजार १९.०६ अङ्कले घटेको बजार बुधबार भने ५.१६ अङ्कले बढेर १८९४.७६ अङ्कमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर एक अर्ब ८ करोड ८५ लाख ४७ हजार नौ सय ८० रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ सिटी होटल, मान्डु हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, समता लघुवित्त र सयपत्री हाइड्रो कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेमा सानिमा जिआइसी इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, बुद्धभूमि हाइड्रो, सुपर मादी हाइड्रो र बिपिडब्ल्यु लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य ३ प्रतिशत भन्दा बढी घट्न पुगे ।

बिहीबार होटल एन्ड टुरिजम उपसूचक सर्वाधिक १.८ प्रतिशतले बढ्दा म्युचुअल फन्ड उपसूचक १.०७ प्रतिशतले र हाइड्रो उपसूचक ०.५५ प्रतिशतले घटे । आज ट्रेडिङ र म्यानुफ्याक्चरिङ उपसूचक समान ०.१३ प्रतिशतले घटे ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ आजै पहिलो कारोबार भएको मान्डु हाइड्रोपावर रह्यो । यसैगरी नबिल बैंक, एनआइसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट शीर्ष चार उच्च कारोबार हुने कम्पनीमा रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको