Like us!
Follow us!
Connect us!
Watch us!

असोज २५ गतेबाट नेपाल टेलिकमको अटम अफर

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १९ : ४३ मा प्रकाशित

असोज २५ गतेबाट नेपाल टेलिकमको अटम अफर

नेपाल टेलिकमले अटम अफर ल्याएको छ । टेलिकमका अनुसार यही असोज २५ गतेबाट यो अफर ल्याउने बताएको हो ।

अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको बताएको छ । टेलिकमका अनुसार अफरका आकर्षक प्याकहरु अनलिमिटेड अन–नेटभ्वाइस प्याकेज अन्तर्गत १३ रुपैंयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी,  सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैंयाँ मै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमाअ सिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ । अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैंयाँमा मा एक दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

यसैगरी, अल टाइम डाटा प्याक अन्तर्गत ९५ रुपैंयाँमा सात दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी आकर्षक सुविधा सहितको फोरजीअल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ ।

प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेज अन्र्तगत कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार छ सय ३६ रुपैंयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, एक सय ५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।

नेपाल टेलिकमएप डाउनलोड गर्दा १ जीबीबोनस डाटाः कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम ’एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#   डायल गर्नुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको