असोज २५ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको मिर्मिरे लघुवित्तको एफपिओमा पहिलो दिनमै मागभन्दा ३४.४५ गुणा बढी आवेदन परेको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा ३ लाख ६६ हजार ६ सय ११ जनाले ४२ लाख ६५ हजार ७ सय ९० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले एक लाख २३ हजार ८ सय १६ कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका एफपीओ निष्कासन गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको जनाएको छ । उक्त एफपिओमा सर्वसाधारणले असोज २५ देखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । एफपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस