नेपाल राष्ट्र बैंकले आज असोज २९ गते देखि नयाँ नोट सटहीको गर्न सकिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिने बताएको छ।
तेस्तै उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
सूचना अनुसार बैंकले एक जनालाइ रु १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने छ । एक बन्डलमा १०० वटा नोट रहन्छ। नयाँ नोट सटही गर्दा एक ब्यक्तिले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न सक्ने छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस