असोज २५ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको मिर्मिरे लघुवित्तको एफपिओमा मागभन्दा १०५ गुणा भन्दा धेरै आवेदन परेको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा ११ लाख ३४ हजार सात सय ५६ जनाले एक करोड ३० लाख ८० हजार ६० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले एक लाख २३ हजार ८ सय १६ कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका एफपीओ निष्कासन गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको जनाएको छ । उक्त एफपिओमा सर्वसाधारणले असोज २५ देखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । एफपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस