Like us!
Follow us!
Connect us!
Watch us!

कहिले रोकिएला नेप्सेको गिरावट, १० दिनमै १०५ अङ्कले घट्यो

अर्थ संसार

सोमबार, २९ असोज २०८०, १९ : ०३ मा प्रकाशित

कहिले रोकिएला नेप्सेको गिरावट, १० दिनमै १०५ अङ्कले घट्यो

राष्ट्र बैंकको एकीकृत निर्देशन पछि शुरु भएको नेप्सेको गिरावट सोमबार पनि जारी नै रहेको छ ।

अघिल्लो साता आइतबार ३५ अङ्क, सोमबार १२.५८ अङ्क, मङ्गलबार १९.०६ अङ्कले र बिहीबार थप २०.१६ अङ्कले गरि सेयरबजारमा ८२.३२ अङ्कको गिरावट आएको थियो । आज पनि बजार २३.१६ अङ्कले घटेर १८५१.४३ मा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सुपर माई हाइड्रो, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रो कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउने मध्ये हाथवे इन्भेस्टमेन्ट र सयपत्री हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरको मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।

बिहीबार लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक २.०४ प्रतिशतले र हाइड्रो उपसूचक २.०२ प्रतिशतले घटे । आज कुनै पनि उपसूचक बढ्न भने सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको